२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते

अ+ अ-

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ ।

ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात/आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढुङ्गामुढा प्रहार गरेका हुन् ।

भारतबाट तस्करले सामान लिएर आउने क्रममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा प्रहार गरी भागेको उनले बताए।

‘भारतीय प्रहरीले गस्तीमा रहेका जवानमाथि ढुङ्गामुढा प्रहार गर्नेहरूको समूहको खोजी गरी कारबाही गर्ने आश्वासन दिएको छ’, उनले भने, ‘तस्करहरूको भारतीय निकटबर्ती क्षेत्रका बासिन्दा भएको जानकारी पाएका छौँ ।’ घटना राति १०ः३० बजे भएको बताइएको छ ।