मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछः यादव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछः यादव


४ आश्विन २०७८, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । उनले दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुनेवित्तिकै मन्त्रीपरिषद् विस्तार हुने बताए ।

यादबले भने,‘दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुनेवित्तिकै मन्त्रिपरीषद् विस्तार हुन्छ । यो अध्यादेश गलत छ दलहरुलाई अस्थिर बनाउने अध्यादेश खारेज गर्नुपर्छ । लोकतन्त्रलाई अस्थिर बनाउने अध्यादेश हो।’

प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना भइसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। मन्त्रिपरिषद विस्तार नहुँदा सरकारका कामकारवाही प्रभावित हुँदै आएका छन्।

प्रधानमन्त्री देउवाले राज्यमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस