नागरिकको मुहारमा स्थायी खुसी ल्याउँछौँ : प्रधानमन्त्री देउवा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नागरिकको मुहारमा स्थायी खुसी ल्याउँछौँ : प्रधानमन्त्री देउवा


३ आश्विन २०७८, आइतबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक प्रणालीलाई मजबुत बनाउँदै मुलुकको समुन्नतितर्फ आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएका छन् ।

सातौँ संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नागरिकका अपेक्षा, आकाङ्क्षा, आशा र असन्तुष्टिलाई लोकतान्त्रिक माध्यमबाट सबै समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

देउवाले नेपालको संविधानले सहिदहरूको सपना, नागरिकको आकाङ्क्षा र नेपाली जनताको भविष्यलाई एकाकार गरेको उल्लेख गर्दै संविधानको कार्यान्वयनमार्फत जनताको मुहारमा खुसी ल्याउने सरकारको लक्ष्य रहेको समेत धारणा राखे ।

‘यस संविधानको सफल कार्यान्वयनबाट मुलुकको समृद्धि र नागरिकको मुहारमा स्थायी खुसी ल्याउने हाम्रो लक्ष्य हो, देउवाले सम्बोधनका क्रममा भने ।

देउवाले विधिको शासनको अपरिहार्य कडी संवैधानिक सर्वोच्चता र त्यसलाई संस्थागत गर्ने संविधान भएको उल्लेख समेत सो क्रममा गरे ।

देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यम सङ्घीय, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने संविधानको मूल उद्देश्य भएको उल्लेख गर्दै यस विषयमा निरन्तर इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता कार्यक्रममा व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस