बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने धामीसहित चारजना पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने धामीसहित चारजना पक्राउ


२९ भाद्र २०७८, मंगलबार


काठमाडौँ । काठमाडौँको ठुलो भ-याङमा झारफुक गरेर बोक्सी झार्ने नाममा एक महिलालाई कुटपिट भएको छ । ललितपुरको लुभु घर भएकी ३० वर्षीया महिलालाई ‘बोक्सी’ आरोपमा यातना दिने धामीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भई ठुलो भ-याङमा धामी काम गर्ने दिपेन्द्र कुमार थिङ, ललितपुरका जितेन्द्र महर्जन, नुवाकोटका जनार्दन पाण्डे र दशनारायण महर्जन छन । भदौ २१ मा पेट दुखेपछि ३० वर्षीया महिलाले आफ्ना पति जितेन्द्र महर्जनलाई अस्पताल लान आग्रह गरेका थिए । तर, उनले मामा नाता पर्ने दशनारायणसँग मिलेर पत्नीलाई धामी दिपेन्द्र कुमार थिङकहाँ लगेका थिए ।

ट्याक्सीमा हालेर धामीकहाँ लगेपछि धामीसँग मिलेर चारजनाले ‘बोक्सी चढेको’ भन्दै हात जोड्न लगाएर निलडाम हुनेगरी ति महिलालाई कुटेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस