प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट वितरणमुखी नभएको अर्थमन्त्री शर्माकाे दावी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट वितरणमुखी नभएको अर्थमन्त्री शर्माकाे दावी


२७ भाद्र २०७८, आइतबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट वितरणमुखी नभएको दावी गरेका छन् ।

आइतबार बजेटबारे छलफल गर्न अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेट वितरणमुखी नभएको तर राज्यको दायित्व पूरा गर्न खोजेको बताएका हुन् ।

आम्दानी गर्न नसक्ने दीर्घरोगी, राजनीतिक आन्दोलनमा होमिएका योद्धालाई राज्यले हेर्नुपर्ने दायित्व रहेको भन्दै उनीहरुलाई सरकारले सहयोग गर्न खोजेको मन्त्री शर्माको भनाइ छ ।

मन्त्री शर्माले सरकारले पहिलो पटक ५ लाख गरिब परिवारलाई १० हजार रुपैयाँ दिने कार्यक्रममार्फत सम्झिएको पनि दावी गरे । उनले यो रकम कोरोना प्रभावित अति गरिब परिवारलाई दशैं तिहारजस्ता चाडबाडको मुखमा बाँड्ने सरकारको योजना रहेको बताए । कस्ता परिवारले रकम पाउने भन्ने विषयमा मापदण्डको तयारी भएको उनले जानकारी दिए ।

मन्त्री शर्माले अब हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने दावी गरेका छन् । पुँजीगत खर्चको अनुगमन गर्न संयन्त्र बनाउने पनि उनले बताए ।

सरकारले बजेटको कुल आकार घटाए पनि पुँजीगत खर्च बढाएको भन्दै उनले खर्च प्रभावकारी बनाउन अनुगमनलाई प्राथमिकता दिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस