जीपको ठक्करबाट बालकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जीपको ठक्करबाट बालकको मृत्यु


२७ भाद्र २०७८, आइतबार


बालक

स्याङ्जा । पुतलीबजार नगरपालिका १० मा जीपले ठक्करबाट छ वर्षीय बालक आयोन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

राङखोलास्थित भित्री सडक खण्डमा राङखोलाबाट समताटोलतर्फ आउँदै गरेको लु १ च ६०७९ नम्बरको जीपले हिजो (शनिबार) साँझ ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल स्याङ्जामा पुर्‍याइएको छ। जीप चालक २८ वर्षीय निरज शाही फरार छन्। जीप प्रहरी नियन्त्रणमा रहेको र फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस