पुरस्कार पाउने ४० जना निजामती कर्मचारीको नाम सार्वजनिक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पुरस्कार पाउने ४० जना निजामती कर्मचारीको नाम सार्वजनिक


२२ भाद्र २०७८, मंगलबार


काठमाडौँ । सरकारले निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीलाई सम्मान गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । जसअनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो ।

दुई लाख पुरस्कार राशि रहेको सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कारका लागि भने यो वर्ष पनि कोही छनोट भएको छैन । ०७३ साल यता यो पुरस्कारका लागि कोही छनोट भएका छैनन् ।

सम्बन्धित समाचार : यस वर्ष पनि भेटिएन सर्वोत्कृष्ट निजामती कर्मचारी, छनौट गर्न नसकेको कि नभेटेको ?

उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको ५० हजार रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस