२ लाख घुससहित काठमाडौँ महानगरपालिका-१४ का वडा सदस्य अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

२ लाख घुससहित काठमाडौँ महानगरपालिका-१४ का वडा सदस्य अख्तियारको नियन्त्रणमा


२१ भाद्र २०७८, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २ लाख घुस लिने वडा सदस्यलाई नियन्त्रणमा दिएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर १४ का एक वडा सदस्य सदस्य वसन्त महर्जनलाई अख्तियारको टोलीले सोमबार २ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।

महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत कार्यालयलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा उनलाई घुस लिएको रकमसहित कलंकीको खसीबजारबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

महर्जनमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस