प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास नगर्न सर्वोच्चको अन्तरिम आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास नगर्न सर्वोच्चको अन्तरिम आदेश


१७ भाद्र २०७८, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएको छ ।

बिहीबार (आज) न्यायाधीश हरि फुयालको इजलासले यस्तो आदेश दिएको हो ।

संविधानबमोजिम प्रधानन्यायाधीशको नेतृत्वमा बाहेक अरुको अध्यक्षतामा संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै परेको रिटमा आज फुयालको इजलासमा सुनुवाइ भएको थियो ।

अधिवक्ता गणेश रेग्मीद्वारा दायर रिटमा प्रधानन्यायाधीशले संवैधानिक इजलासको नेतृत्व नगर्नु संविधानविपरीत हुने भएकाले प्रधानन्यायाधीशको नेतृत्वमा इजलास गठन गर्न परमादेश माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस