मलेसियामा एक नेपाली युवकको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मलेसियामा एक नेपाली युवकको मृत्यु


१७ भाद्र २०७८, बिहिबार


बैतडी । बैतडी घर भएका एक नेपालीको हिजो (बुधबार) मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् ।

सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिए ।

कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्ट केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए । बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासि ढलेका र ढलेको एक छिनमै उनको मृत्यु भएको खड्काको भनाइ छ ।

विष्टको के कारण मृत्यु भयो भन्ने खुल्न सकेको छैन । उनको शव परीक्षणका लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ । विष्टको कोरोना परीक्षणपश्चात् शव परीक्षण गरिने जनाइएको छ ।

रोजगारीका लागि उनी तीन वर्ष अगाडि प्रोफेसनल म्यानपावर कम्पनीमार्फत मलेसिया गएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस