वडाध्यक्षविरूद्ध बलात्कार प्रयासको उजुरी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वडाध्यक्षविरूद्ध बलात्कार प्रयासको उजुरी


१५ भाद्र २०७८, मंगलबार


जबर्जस्ती करणी

जनकपुरधाम । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७ का वडाध्यक्ष श्यामकुमार यादवविरुद्ध बलात्कार प्रयासको उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यादवविरुद्ध उनकै छिमेकीले उजुरी दिएकी हुन् । उजुरी आएपछि अनुसन्धान प्रक्रियालाई अगाडि बढाइएको छ ।

भदौ ५ गते राति वडाध्यक्ष यादव आफ्नो घरमा प्रवेश गरी बलात्कार प्रयास गरेको महिलाले उजुरीमा उल्लेख गरेको प्रहरीले बताएको छ । उजुरीपछि वडाध्यक्ष यादव सम्पर्कविहीन रहेका र खोजी भइरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस