२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फाइजरको खोप ल्याए भण्डारणमा समस्या हुने

अ+ अ-

काठमाडौँ। नेपालले १२ वर्ष उमेर माथिकालाई दिन मिल्ने फाइजरको खोप ल्याउन खोजे पनि भण्डारण कक्षको अभाव रहेको परिवार कल्याण महाशाखाले जनाएको छ।

अमेरिकाले कोभ्याक्स मार्फत अक्टोबरभित्र फाइजरको एक लाख डोज खोप दिने भएको छ। त्यस्तै सरकारले डिसेम्बरभित्र थप ४० लाख डोज खरिद गरी ल्याउन उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको महाशाखाले जनाएको छ। नेपाल सरकारले अक्टोबरभित्र एक तिहाइ जनतालाई खोप दिइसक्ने जनाएको छ।

फाइजरको खोप भण्डारण स्थल बनाएर मात्र ल्याउन सकिने अवस्था छ। फाइजरको खोप माइनस ७० डिग्री तापक्रममा मात्र भण्डारण गर्न मिल्छ। त्यसका लागि आवश्यक पर्ने फ्रिज नेपाली बजारमा नभएकाले अन्तर्राष्ट्रिय कम्पनीलाई अर्डर गरेर मात्र बनाउन मिल्छ। यसका लागि कम्तीमा ६ महिना लाग्न सक्छ। यस्तो अवस्थामा फाइजरको खोप आए भण्डारण र व्यवस्थापन गर्न कठिन हुने महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले बताए। ‘फ्रिज खरिद टेन्डरदेखि अर्डरसम्मको प्रक्रिया पूरा गर्दा कम्तीमा ६ महिना लाग्ने देखिन्छ’, उनले भने।

फाइजरको खोपका लागि भण्डारण कक्ष मात्र नभई त्यसको सञ्चालन गर्न तालिमप्राप्त जनशक्ति आवश्यक पर्छ। सो खोप राख्ने फ्रिज खरिद गर्दा महँगो पर्छ। यस्तो अवस्थामा अन्य खोपको तुलनामा फाइजरको खोप महँगो पर्ने देखिएको कोभिड १९ विरुद्धको खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताए।

प्रतिक्रिया दिनुहोस