दार्चुला घटनाबारे छानबिन समितिले रिपोर्ट तयार पार्दैछ: गृहमन्त्री खाँण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दार्चुला घटनाबारे छानबिन समितिले रिपोर्ट तयार पार्दैछ: गृहमन्त्री खाँण


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका जयसिंह धामी प्रकरणबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन तयार पार्ने क्रममै रहेको बताएका छन् ।

संसदको राज्यव्यवस्था समितिको बिहीबार बसेको बैठकमा गृहमन्त्री खाँणले दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी नातेदारको उपचारका क्रममा दिल्ली गएको र आफूलाई २र४ दिन लाग्ने खबर गरेको बताए ।

छानबिन समितिमा अर्का सदस्य डीआईजी उद्धव थापा आफन्त वितेका कारण त्यता गएकाले अन्तिम रिपोर्ट बनिसकेको छैन् ।

Tags :
प्रतिक्रिया दिनुहोस