सनाखतका लागि प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोगमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सनाखतका लागि प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोगमा


९ भाद्र २०७८, बुधबार


काठमाडौँ । नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत गर्न प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।

दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् ।

निर्वाचन आयोगले सनाखतका लागि आज दिउँसो २ बजेसम्मको समय दिएको छ । सनाखतपछि दल दर्ता प्रक्रिया टुंगो लगाइने निर्वाचन आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस