एकको पदस्थापनसहित दुई सचिवको सरुवा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एकको पदस्थापनसहित दुई सचिवको सरुवा


४ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । सरकारले एकको पदस्थापनसहित दुई सचिवको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवासहित लुम्बिनी प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरेको छ भने लुम्बिनीका प्रमुख सचिव भरतमणि सुवेदीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा राखेको छ ।

यी दुवै सचिवका लागि पत्र तयार भइसकेको छ भने थप केही सचिवको पनि सरुवा हुन सक्ने बालुवाटार उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ । ‘केही छलफल भएको छ तर निक्र्यौल नै भई नसकेकोले यसै भन्न सकिएन’ ती स्रोतले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस