प्रभुराम शर्मा महारथीमा बढुवा, प्रधान सेनापति नियुक्त गर्न सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रभुराम शर्मा महारथीमा बढुवा, प्रधान सेनापति नियुक्त गर्न सिफारिस


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी पदमा पदोन्नती गरिएको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई महारथी दर्जामा पदोन्नती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

मन्त्रिपरिषद बैठकले शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।

शर्मा अहिले कायममुकायम प्रधान सेनापति छन्।

यसअघि गएको साउन १७ गते बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिमा नियुक्त भएका थिए । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २५ गते सकिने भएपछि उनी साउन २५ गतेदेखि घर बिदामा बसेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस