वाग्मती सरकारका प्रवक्तामा मन्त्री पाण्डे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वाग्मती सरकारका प्रवक्तामा मन्त्री पाण्डे


३ भाद्र २०७८, बिहिबार


वाग्मती । वाग्मती प्रदेश मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त पाण्डेलाई बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

बैठकले कोभिडविरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पाण्डेले जानकारी दिए ।

यसअघि मङ्गलबार राति नै शपथ ग्रहणपछि नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । उनले आन्तरिक मामिला तथा कानून र भौतिक पूर्वाधार विकास मन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकास मन्त्रीमा कृष्ण खनाललाई नियुक्त गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस