प्रधानमन्त्री देउवाद्वारा गुरुङको निधनप्रति दुःख व्यक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री देउवाद्वारा गुरुङको निधनप्रति दुःख व्यक्त


२ भाद्र २०७८, बुधबार


नेपाली काङ्ग्रेस

काठमाडौँ । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङकी ममतामयी माता प्यारी गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनको ९२ वर्षको उमेरमा मङ्गलबार निधन भएको हो ।

प्रधानमन्त्री देउवाले आज शोक विज्ञप्ति जारी गरी उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–२ निवासी गुरुङको निधनबाट काँग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस