अफगानिस्तान युद्ध : काबुल कब्जासँगै तालिबानद्वारा विजय भएको दाबी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अफगानिस्तान युद्ध : काबुल कब्जासँगै तालिबानद्वारा विजय भएको दाबी


३२ श्रावण २०७८, सोमबार


काठमाडौँ । तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेसँगै युद्ध जितेको दाबी गरेको छ । लामो समयको सङ्घर्षपछि सत्ता कब्जा गर्न तालिबान समूह सफल भएको हो ।

२० वर्षदेखि अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता भएसँगै तालिबान समूहले अफगानिस्तानको सत्ता प्राप्त गरेको छ । अफगानिस्तानका मुख्य सहरहरू कब्जा गर्दै बाँकी रहेको राजधानी काबुल आइतबार आफ्नो कब्जामा लिन सफल भएको तालिबानको दाबी छ ।

तालिबान समूहले राजधानी काबुल लगायत राष्ट्रपति कार्यालय पनि आफ्नो नियन्त्रणमा लिएको छ । योसँगै तालिबान समूहले अफगानिस्तानको युद्ध समाप्त भएको पनि बताएको छ । तालिबान समूहका एक प्रवक्ताले अलजजिरासँग भनेका छन्,’युद्ध सकिएको छ, हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता ।’

तालिबानले काबुल कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ गनीलगायत उच्च अधिकारीहरुले आइतबार देश छोडका छन् । राष्ट्रपति गनी अफगानिस्तान छोडेर उज्वेकिस्तान गएका छन् ।

अफगानिस्तानमा रहेका विदेशी नागरिकहरू आफ्नो देश फिर्ता हुँदै छन् । तालिबानले सत्ता कब्जा गरेसँगै अफगानीहरु त्रसित बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस