तालिबानले आफ्नो देश फर्किन चाहनेलाई जान दिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तालिबानले आफ्नो देश फर्किन चाहनेलाई जान दिने


३१ श्रावण २०७८, आइतबार


काठमाडौँ । अफगानिस्तानको विद्रोही संगठन तालिबानले आफ्नो मुलुक फर्किन चाहनेलाई फर्किन दिने जानकारी दिएको छ ।

काबुलमा तालिबान पसेको समाचारपछि पहिलो पटक विज्ञप्ति सार्वजनिक गरि तालिबानले यस्तो जानकारी दिएको हो । अफगानिस्तानमा नै बस्न चाहने विदेशी नागरिकले तालिबानको प्रशासनमा दर्ता गराउन पर्ने छ ।

अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता ल्याउन थप पाँच हजार सैनिक काबुल पठाएको छ । त्यस्तै अन्य मुलुकले पनि आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउन पहल गरिरहेका छन् ।

तालिबानले जितको खुसीयालीमा आफ्ना लडाकुहरुलाई गोलीबारी गर्न नदिने जनाएको छ । साथै सरकारी सेनालाई पनि आफ्नो घर फर्किन दिने तालिबानले विज्ञप्तिमा उल्लेख गरेको छ । त्यस्तै विमानस्थल र अस्पताल सञ्चालन गर्न दिने र अत्यावश्यक सेवामा कुनै रोक नलगाइने पनि बताइएको छ ।

पछिल्लो १० दिनमा तालिबानले काबुलबाहेकका अफगानिस्तानका सबै प्रमुख सहरमा कब्जा जमाइसकेको छ र अहिले काबुलमा तालिबानका लडाकुहरु प्रवेश गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस