अर्थमा आधा दर्जन सहसचिव भित्रिँदै, दुई बाहिरिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अर्थमा आधा दर्जन सहसचिव भित्रिँदै, दुई बाहिरिँदै


२८ श्रावण २०७८, बिहिबार


राजश्व समूह

काठमाडौँ । सरकारले आज केही सहसचिवको सरुवा गर्दैछ ।

विभिन्न मन्त्रालय, प्रदेश तथा निकायमा कार्यरत आधा दर्जन जति सहसचिवलाई अर्थ मन्त्रालयमा भित्र्याइँदै छ भने अर्थका दुई सहसचिव बाहिरिँदै छन् ।

प्रशासन सिंहदरवार ब्युरोलाई उच्च स्रोतबाट प्राप्त जानकारी अनुसार अर्थ मन्त्रालयमा आउने सहसचिवहरूमा गण्डकी प्रदेशको अर्थ सचिव रमेश केसी, सोही प्रदेशको कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका सचिव केदारनाथ शर्मा, लगानी बोर्डका सहसचिव भूपाल बराल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शोभाकान्त पौडेल रहेका छन् ।

अर्थ मन्त्रालयका सहसचिव बाबुराम भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाइँदै छ भने ऊर्जाका सहसचिव इन्द्रमणी पोखरेल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा हुँदै छ । अर्थ अन्तर्गत ठुला करदाता कार्यालयका प्रमुख बाबुराम गौतम पनि अर्थबाट बाहिरिँदै छन् ।

पाँच जना बाहिर जाँदै गर्दा दुई जना अहिले नै बाहिरिई सकेको दुई रिक्त रहेको अवस्थामा जम्मा ९ जना सहसचिव हुन आउँछ । जसमा ६ जना अहिले गयो भने बाँकी तीन जना पछिल्लो लटमा अर्थ जानेछन् । अर्थ मन्त्रालय जानका लागि ढुण्डी निरौला, नवराज ढुङ्गाना र झलकराम अधिकारी लागि परेका छन् ।


यसै गरी केही दिनमै अर्थ मन्त्रालयका सिनियर ५ जना सहसचिव प्रदेश जाँदै छन् । जसमा झक्क आचार्य, यमलाल भुसाल, सुमन दाहाल, धनी राम शर्मा र ज्ञानेन्द्र पौडेल रहेका छन् ।


सङ्घका सिनियर सहसचिवहरू प्रदेश जाँदै गर्दा प्रदेश बसाई सकेर १७ जना सङ्घमा आउँदै छन् ।


सरकार फेरिएसँगै सचिवदेखि सहसचिवसम्मैको सरुवा हुने भनिए पनि मन्त्रिमण्डल नै गठन गर्न नसकेपछि प्रशासनिक फेरबदल पनि अन्यौलमै छ । यसैबिच अर्थ मन्त्रालयले ४–६ जना सहसचिवहरू जसरी पनि चाहियो भन्दै नामावली पठाएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ ।

आज दिउँसो बस्न लागेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । प्रस्तावमा उल्लेखित भएका नामावलीहरू फेरबदल पनि हुन सक्ने स्रोतको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस