सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलबीच छलफल जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलबीच छलफल जारी


२४ श्रावण २०७८, आइतबार


काठमाडौँ। सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुबीच छलफल सुरु भएको छ । सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरूले तयार पारेको प्रतिवेदनमाथि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ ।

कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरूलाई बुझाएको थियो । साझा कार्यक्रममा मन्त्रीहरूको आचारसंहिता, सरकारका प्राथमिकता, सङ्घीयता सुदृढीकरणलगायत विषय समेटिएको छ ।

छलफलपछि आजै सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।

सम्बन्धित समाचार : सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

Tags :
प्रतिक्रिया दिनुहोस