सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै


२४ श्रावण २०७८, आइतबार


काठमाडौँ । सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेकाे सरकारका न्यूनतम साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गर्ने तयारी भएकाे छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सरकार सञ्चालनका लागि तयार गरेको उक्त कार्यक्रम र कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको हो ।

शुक्रवार कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन गठबन्धनका शीर्ष नेताहरूलाई बुझाएको थियो । उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ । न्यूनतम साझा कार्यक्रमलाई सत्ता गठबन्धनले संयुक्त घोषणा पत्रकारूपमा कार्यान्वयन गर्ने गरी लागू गर्ने तयारी गरेकाे छ ।

उक्त प्रतिवेदनमा सरकारका प्राथमिकता, संयुक्त सरकारका नीति तथा कार्यक्रम, राष्ट्रिय हितको संवर्द्धन, सङ्घीयता कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरण लगायतका ११ बुँदा समेटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस