डा. जागेश्वर गौतमको सरुवा सदर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डा. जागेश्वर गौतमको सरुवा सदर


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको हिजो (सोमबार) गरिएको सरुवा सदर गरेका छन् ।

उनलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिएका छन् ।

यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको सरुवालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेबहादुर देउवाले रोकेका थिए । राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरेरे युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए ।

सम्बन्धित समाचार : जागेश्वर गौतम लगायत स्वास्थ्यका पदाधिकारीको सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन

सम्बन्धित समाचार : केन्द्रीय युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट हटाइए डा. जागेश्वर गौतम

प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठले गरेको स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीको सरुवा गर्ने निर्णय स्थगित गर्न निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस