केन्द्रीय युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट हटाइए डा. जागेश्वर गौतम « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

केन्द्रीय युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट हटाइए डा. जागेश्वर गौतम


१८ श्रावण २०७८, सोमबार


काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ।

स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा गौतमलाई हटाएको बताइएको छ। उनको ठाउँमा डा रुद्र मरासिनीलाई ल्याइएको छ।

प्रा.डा. गौतमलाई गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो। उनलाई थापाथलीमा रहेको प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ।

कर्मचारीले विभिन्न माग राखी आन्दोलन गरेपछि डा. गौतमले प्रहरी प्रशासन बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप थियो।

यस्तै ,मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा विवेक लाल कर्णलाई सरुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस