लुम्बिनी प्रदेशका ३ सांसदलाई पार्टीबाट निष्कासन गर्ने जसपाको निर्णय « प्रशासन
Logo ११ आश्विन २०७८, सोमबार
   

लुम्बिनी प्रदेशका ३ सांसदलाई पार्टीबाट निष्कासन गर्ने जसपाको निर्णय


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका ३ जना प्रदेश सभा सदस्यलाई कारबाही गरेको छ।

मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पार्टी र प्रदेश सभाबाट हटाउने गरी कारबाही गरेको कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिए । उनीहरु पार्टी नीति विपरित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका थिए।

यसअघि पनि उनीहरुलाई पार्टीबाट निष्कासन गरिएको भए पनि सर्वोच्च अदालतले थमौति गरेको थियो। यस्तै नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरेको उनले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस