२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने -मुख्यमन्त्री पोखरेल

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् ।

प्रदेश मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षणपछि पोखरेलले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सरकारले बजेट बनाएको बताए ।

कोभिड नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिको उच्च मूल्याङ्कन गर्दै उनले प्रोत्साहन रकम नपाएका स्वास्थ्यकर्मीलाई सङ्घले नदिए प्रदेशले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । अहिले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभावको समस्या समाधानका लागि प्रदेश सरकारले अध्ययन थालेको भन्दै उनले थप सुविधा दिएर भए पनि विशेषज्ञ चिकित्सक उपलब्ध गराइने बताए । मुख्यमन्त्री पोखरेलले आइसोलेसनमा रहेका बिरामीसँग टेलिफोन सम्पर्क गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारी गुरुङले गण्डकी सरकारको सम्पत्ति सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई मुलुकभरकै नमुना बनाउने प्रतिबद्धता जनाइन् ।

गण्डकीका प्रमुख सचिव डा. दामोदर रेग्मीले कमजोर आर्थिक अवस्था भएको हाम्रो मुलुकले कोरोना नियन्त्रण र रोकथामका लागि गरेको काम अनुकरणीय भएको बताए । उनले भने, ‘स्वास्थ्यकर्मीको समर्पणका कारण यो सम्भव भएको हो, उपचारप्रति समर्पण भाव र स्वास्थ्यकर्मीहरूको असल व्यवहारका कारण रोग निको भएको हो ।’ उनले गण्डकी प्रदेशले कोभिड नियन्त्रण र रोकथामका लागि विशेष सतर्कता अपनाएको कुरा बताए ।

कोरोना महामारी विरुद्धका प्रयासहरूमा प्रभावकारिता ल्याउन र खोप कार्यलाई प्रभावकारी बनाउन गण्डकी प्रदेशमा प्रमुख सचिव डा. रेग्मीको संयोजकत्वमा सबै सचिवहरू र कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित संयोजन समिति गठन भएको छ ।