एमाले सांसद रावलले लिए राजीनामा फिर्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एमाले सांसद रावलले लिए राजीनामा फिर्ता


८ श्रावण २०७८, शुक्रबार


काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् ।

शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् ।

पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

सम्बन्धित समाचार : एमाले सांसद रावलले दिए राजीनामा

उनी अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस