‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ मा प्रकाश सपुत र सुनिता दुलाल नियुक्त « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ मा प्रकाश सपुत र सुनिता दुलाल नियुक्त


७ श्रावण २०७८, बिहिबार


काठमाडौँ । लोकगायक प्रकाश सपुत र लोक गायिका सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त भएका छन् ।

गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा प्रकाश र सुनितालाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको जानकारी गराएको हो ।

गीत सङ्गीतको माध्यमबाट समुदायका विपद् जोखिम न्यूनीकरण सम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रकाश र सुनितालाई सद्भावना दूत नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले बताए। गीत सङ्गीतको माध्यमबाट समुदायमा जनचेतना अभिवृद्धि गर्ने मुख्य अभिप्रायबाट लोकप्रिय गायक सपुत र गायिका दुलाललाई विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरिएको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस