शेरबहादुर देउवा विश्वास मत : एमाले बिना नै बहुमत पुग्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शेरबहादुर देउवा विश्वास मत : एमाले बिना नै बहुमत पुग्ने


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।

जसपाको सम्पूर्ण मत प्राप्त हुने बित्तिकै संसदीय अङ्कगणितमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको मत नपाए पनि देउवालाई बहुमत प्राप्त हुन सक्ने देखिएको छ ।

जसपा-नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव खेमाका १२ सांसदले यसअघि नै देउवालाई समर्थन गर्दै हस्ताक्षर गरेका थिए। यससँगै महन्थ ठाकुरले समर्थन व्यक्त गरेकाले थप बीस सांसद देउवाको पक्षमा हुनेछन्।

ठाकुर समूह यसअघि ओली विरोधी गठबन्धनमा सहभागी नभएको र ओली सरकारमा सहभागी भएकाले उसको समर्थनलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस