सचिव बढुवाका लागि वरिष्ठ सहसचिव शर्माको नाम सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सचिव बढुवाका लागि वरिष्ठ सहसचिव शर्माको नाम सिफारिस


३१ असार २०७८, बिहिबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव किरण राज शर्माको नाम सिफारिस गरेको हो । शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् । उनी प्रवक्तासमेत हुन् ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव शर्माको नाम मात्रै सिफारिस भएको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस