कुटपिटबाट एकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कुटपिटबाट एकको मृत्यु


३१ असार २०७८, बिहिबार


कञ्चनपुर । भीमदत्त नगरपालिका– १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गए राति कुटपिटबाट मृत्यु भएको छ । आपसी विवादमा भान्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । कुटपिटमा संलग्न गिरधारीलाई पक्राउ गरिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस