अख्तियारको डिएसपी भन्दै महानिर्देशकलाई धम्क्याउने पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अख्तियारको डिएसपी भन्दै महानिर्देशकलाई धम्क्याउने पक्राउ


३० असार २०७८, बुधबार


अख्तियार

काठमाडौँ । आफूलाई अख्तियारको कर्मचारी(डिएसपी) हुँ भनी महानिर्देशक तथा अन्य कर्मचारीहरूलाई काम गर्न अनावश्यक दबाब दिने एक व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

विभिन्न स्थानमा नेपाल चेम्बर अफ कर्मशको अध्यक्ष, राष्ट्रिय कृषि विकास कम्पनीको सिइओ एवं माथिल्लो तहका व्यक्तिहरूसँग सम्पर्क छ भनी प्रभावमा पार्दै हिँडेको भन्ने समेतको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले एग्रोमाट नेपाल प्रालि भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई पक्राउ गरेको हो ।

एम.पी. इन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौँमा गई दबाब दिने भट्टलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौँबाट नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाइएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस