खगेन्द्रप्रसाद नेपाल सचिवमा बढुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खगेन्द्रप्रसाद नेपाल सचिवमा बढुवा


२८ असार २०७८, सोमबार


काठमाडौँ । सरकारले खगेन्द्रप्रसाद नेपाललाई सचिवमा बढुवा गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका प्रशासन सेवाका तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस नेपाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार(हिजो) सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय खगेन्द्रप्रसाद नेपाल, किरण राज शर्मा र रामप्रसाद घिमिरेको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस