सचिवका लागि तीन सहसचिवको नाम सिफारिस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस


२७ असार २०७८, आइतबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार(आज) अपराह्न सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय खगेन्द्रप्रसाद नेपाल, किरण राज शर्मा र रामप्रसाद घिमिरेको नाम सिफारिस गरेको हो ।

नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् भने शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन्। यस्तै घिमिरे अर्थ मन्त्रालयमा आर्थिक नीति विश्ल़ेषण महाशाखामा छन् ।

भोलि प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकबाट सचिव बढुवाको निर्णय हुनेछ ।

पछिल्लो समय सरकारले समितिले पहिलो नम्बरमा सिफारिस गरेका व्यक्तिलाई नै सचिवमा बढुवा सिफारिस गर्दै आएकोले यसअनुसार अव बस्ने बैठकले नेपाललाई नै सचिव बढुवामा सिफारिस गर्ने सम्भावना छ ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

सम्बन्धित समाचार : कृष्णहरि पुष्कर सचिवमा बढुवा

Tags :
प्रतिक्रिया दिनुहोस