२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्कीमा पुनः १० दिन निषेधाज्ञा थप

अ+ अ-

गण्डकी । कास्कीमा साउन ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ को सङ्क्रमणदर र मृत्युदरमा केही कमी आएको भए पनि अपेक्षाकृत नियन्त्रणमा आइनसकेको कारण जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा अवधि १० दिन थप गरेको हो ।

यही असार २५ गते राति १२ बजेबाट लागू हुने गरी थप गरिएको निषेधाज्ञामा जिल्ला भित्र मात्र जोरबिजोरअनुसार सार्वजनिक सवारी साधान सञ्चालन हुनेछन् भने विभिन्न पेशा व्यवसाय तथा पसल बिहान ५ देखि साँझ ८ बजेसम्म खुल्ने भएका छन् ।

निजी सवारी साधन अहिले जस्तै जोरबिजोरका आधारमा सञ्चालन हुने छन् भने सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले यस अघि जस्तै सिनेमा हल, पार्र्टी प्यालेस, होटल तथा रेष्टुरेण्ट, चिया तथा खाजा पसल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रङ्गशाला, फुटशल, खेलकूद स्थल, जिमखाना, फिटनेश सेन्टर स्पा, स्वीमिङपुल, व्यूटीपार्लर, शैलुन र पुटपाथ पसल लगायतका सेवा एवं स्थल खोल्न तथा सञ्चालन गर्न रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार माथि उल्लेखित बाहेकका व्यवसाय, अत्यावश्यक दैनिक उपभोग्य खाद्यन्न सामग्रीका पसल, तरकारी, पानी फलफुललगायत पसल बिहान ५ देखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाइने छ । जिल्ला प्रशासन कार्यालयले यसअघि कास्कीमा वैशाख १५ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस