पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको बढ्यै « प्रशासन
Logo १३ जेष्ठ २०७९, शुक्रबार
   

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको बढ्यै


२२ असार २०७८, मंगलबार


नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढाएको छ। १३ दिनमै मूल्य बढेको हो।

प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजेल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।

यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस