वायुसेवा निगमका कर्मचारी आन्दोलित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वायुसेवा निगमका कर्मचारी आन्दोलित


२० असार २०७८, आइतबार


काठमाडौँ । नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलित बनेका छन् । सरकारी स्वामित्वमा रहेको निगम निगम निजीकरणको चर्चासँगै ५४ अर्ब अधिकृत पुँजीको सट्टा ५० अर्ब कायम गरी पूर्ण निजीकरणको प्रस्तावसहित कम्पनीको (डीडीए) प्रतिवेदन पर्यटन मन्त्रालय हुँदै अर्थ मन्त्रालय पठाएको निगमका कर्मचारीको आरोप छ ।

कर्मचारीलाई कुनै सुइँको नदिई कम्पनीको प्रबन्ध पत्र संशोधनसहित प्रस्ताव अर्थमन्त्रमलय पुगेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । कर्मचारीको सहमतिबिना प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले संस्थालाई निजीकरण गर्न लागेको निगम कर्मचारी सङ्घका अधिकारीले बताएका छन् ।

निगमले अहिले कुल पुँजीमध्ये संस्थापक सेयर खरिदका लागि ५१ प्रतिशत, ख्यातिप्राप्त विदेशी वायुसेवा कम्पनीका लागि ३० प्रतिशत, हवाई सेवा पर्यटन व्यवसायी तथा सर्वसाधारणका लागि १४ प्रतिशत, कम्पनीमा बहालवाला तथा पूर्व कर्मचारीका लागि ५ प्रतिशत छुट्याएको छ ।

आइतबार नेपाल वायुसेवा निगम कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निगम, नेपाल वायुसेवा कर्मचारी सङ्घले विज्ञप्ति जारी गरी निगमको कार्यलाई भर्त्सना गरेका छन् । कर्मचारी सङ्गठनले निगमका मेनेजर लेभलका कर्मचारीलाई भेला गरी आज छलफल गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस