इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्य सचिवमा बढुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्य सचिवमा बढुवा


१७ असार २०७८, बिहिबार


काठमाडौँ । सरकारले इन्जिनियरिङ सेवातर्फ वरिष्ठ सहसचिव प्रमिला बज्राचार्यलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये प्रमिला बज्राचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार अपराह्न सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले बज्राचार्य, सुशिलचन्द तिवारी र गोपाल प्रसाद सिग्देलको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : कृषि तथा वन र इन्जिनियरिङ सेवाका दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको नाम सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस