२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोले २४ घरपरिवार विस्थापित

अ+ अ-

सिमकोट । अविरल वर्षासँगै हुम्ला सदरमुकाम सिमकोटलगायत विभिन्न ठाउँमा पहिरोले २४ घरमा क्षति पुर्याएको छ । सिमकोट गाउँपालिका–३ मा पहिराले आफ्नो घर पूर्णरुपमा क्षति भएको याङ्सो लामाले बताए । घर भत्केपछि छिमेकीको घरमा बस्दै आएको उनले जानकारी दिए ।

सिमकोट, खार्पुनाथ, सर्केगार्ड र ताँजाकोट गाउँपालिकाका २४ घरमा पूर्णदेखि आंशिक क्षति पुगेको प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए ।

भत्किएका घरका ७० कोठामा पूर्ण रुपमा क्षति पुगेको छ । पाँच घर भत्केर कामै नलाग्ने अवस्थामा रहेको उनले जानकारी दिए । घर भत्किएपछि उक्त घरपरिवार छिमेकी र त्रिपालमा विस्थापित भएको प्रहरीले जनाएको छ । यही असार ३ देखि ५ गतेसम्म लगातार परेको वर्षाको कारण क्षति पुगेको हो । प्रहरी चौकीभन्दा क्षति पुगेका घर टाढा रहेका कारण प्रहरी मुचुल्का तयार गर्न र क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ ।

क्षति भएकाका लागि राहतको व्यवस्था हुन सकेको छैन । बाढी पहिरोले भएका घरबाहेक अन्य थुप्रै ठाउँमा पहिरो खनिएको छ । लगातार वर्षा भइरहेका कारण सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस