बृद्धभत्ता चोरी प्रकरण पछि मन्त्रालयको अतिरिक्तमा तानिए प्रमुख प्रशासकीय अधिकृत पुडासैनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बृद्धभत्ता चोरी प्रकरण पछि मन्त्रालयको अतिरिक्तमा तानिए प्रमुख प्रशासकीय अधिकृत पुडासैनी


४ असार २०७८, शुक्रबार


काठमाडौँ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी मन्त्रालय तानिएका छन् ।

वृद्ध भत्ताको आधा करोड बढी रुपैयाँ चोरी प्रकरणको छानबिन गरिरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुडासैनीलाई मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरेको हो ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट गत चैत २४ मा उक्त रकम चोरी भएको थियो । घटनाबारे लामो समयसम्म जानकारी नदिई स्थानीय तहमै मिलाउन खोजेपछि मन्त्रालयले दुई सदस्यीय छानबिन टोली गठन गरी अनुसन्धान अघि बढाएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्न भन्दै बैङ्कबाट झिकेको ५० लाख रुपैयाँ र वडा कार्यालयमा भएको ३ लाख गरी ५३ लाख रुपैयाँ चोरी भएपछि मन्त्रालयले प्रशासकीय अधिकृतमाथिसमेत छानबिन थालेको थियो ।

मन्त्रालयले गठन गरेको छानबिन समिति पञ्चकन्या पुगेर स्थलगत अध्ययन गरेर फर्किएलगत्रै प्रमुख प्रशासकीय अधिकृत पुडासैनीलाई मन्त्रालय तानिएको हो । मन्त्रालयले उपसचिव मदन कोइराला संयोजक र लेखा अधिकृत उमेश काफ्ले सदस्य रहेको समिति बनाएको थियो । सबै स्थानीय तहहरूलाई पटक पटक बैङ्कमार्फत कारोबार गर्न पत्राचार गर्दै आएको भए पनि अझै कतिपय स्थानीय तहहरू सो प्रणालीमा गएका छैनन् । सुरक्षित र पारदर्शिताका लागि सबै कारोबार बैङ्कमार्फत गर्न खोजिएको थियो ।

सम्बन्धित समाचार : पञ्‍चकन्या गाउँपालिकाको भत्ताका लागि छुट्याइएको ५३ लाख चोरी घटनाबारे अनुसन्धान सुरु

Tags :
प्रतिक्रिया दिनुहोस