पञ्‍चकन्या गाउँपालिकाको भत्ताका लागि छुट्याइएको ५३ लाख चोरी घटनाबारे अनुसन्धान सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पञ्‍चकन्या गाउँपालिकाको भत्ताका लागि छुट्याइएको ५३ लाख चोरी घटनाबारे अनुसन्धान सुरु


२७ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । पञ्‍चकन्या गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि छुट्याइएको ५३ लाख रुपैयाँ चोरी घटनाबारे अनुसन्धान सुरु भएको छ ।

पालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानबिन र अनुसन्धान कार्यका लागि जिल्ला प्रहरी कार्यालयले काम थालेको जनाएको हो ।

‘यतिबेला आमनागरिकहरुमा घटनाको विषयमा विभिन्‍न शंका उपशंका पैदा हुनु स्वाभाविक नै हो तर स्थानीय सरकार विषम परिस्थितिको सामना गर्दै छ । घटनाको सत्य तथ्य छानबिन र अनुसन्धान कार्यका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध भई अनुसन्धान कार्य भइरहेको छ ।’ अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष सीता पराजुली खड्का र प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

यही चैत २४ गते दोस्रो किस्ताको सामाजिक सुरक्षा भत्ता वितरणका लागि गाउँपालिका-२ को कार्यालयमा राखिएको ५३ लाख रुपैयाँसहित सीसी क्यामेरा जोडिएको मनिटर(१ थान) चोरी भएको थियो ।

चोरीमा संलग्न व्यक्तिलाई कानुनी कठघरामा ल्याएर कारबाही गरिने भन्दै अनुसन्धान कार्यमा सहयोग गर्न सरोकारवालाहरुलाई अनुरोध गरेको पालिकाले सामाजिक सुरक्षाजस्तो महत्वपूर्ण शीर्षकमा प्राप्त रकम चोरी हुनाले तत्काल भत्ता वितरण गर्न नसक्ने भन्दै गाउँपालिकाले वैकल्पिक व्यवस्थामार्फत यथाशक्य छिटो भत्ता वितरणको प्रबन्ध मिलाउने प्रतिबद्धता जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस