विद्यार्थीसँग पटक-पटक भर्ना शुल्क नलिन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विद्यार्थीसँग पटक-पटक भर्ना शुल्क नलिन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश


३१ जेष्ठ २०७८, सोमबार


वीरगन्ज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले एउटै विद्यार्थीसँग पटक पटक भर्ना शुल्क असुल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश गणेशप्रसाद बरालको एकल इजलासले असार ७ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता प्रमोद प्रसादले पर्सा जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयहरू, वीरगन्ज महानगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई पर्सा लगायत ७१ जनालाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

आदेशमा ‘पहिलादेखि विद्यालय भर्ना भई सकेका विद्यार्थीसँग सोही विद्यालयको अर्को कक्षामा प्रवेश गरेवापतको भर्ना शुल्क नलिनु लिन नलगाउनु र विद्यालयमा पहिलो पटक भर्ना हुँदा एक पटकको लागि भर्ना हुने कक्षाको लागि मासिक पढाइ शुल्क भन्दा बढी भर्ना शुल्क नलिनु लिन नलगाउनू’ भनी उल्लेख छ ।

साथै इजलासले दुवै पक्षको कुरा सुन्नका लागि असार ७ गते अन्तरिम आदेश छलफल गर्ने सूचना विपक्षीसमक्ष पुर्‍याउन पनि भनेको छ । सोमबार अदालतमा निवेदकका तर्फबाट निवेदक अधिवक्ता प्रमोद कुमार, अन्य अधिवक्ताहरू प्रेम कुमार, रामआशिष प्रसाद यादव, रामचन्द्र सिंह, राम नारायण प्रसाद कुर्मी लगायतले बहस गरेका थिए ।

वीरगञ्जमा असार १ गतेदेखि नै विद्यालय भर्ना अभियान सञ्चालन गर्ने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस