राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ


२७ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रिहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । प्रधानमन्त्री ओलीको सिफारिसमा आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेरफेर गर्दै थप सात मन्त्री र एक राज्यमन्त्री गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनाएकी हुन् ।

आज शपथ खाने मन्त्रीहरूमा खगराज अधिकारी गृह, राज किशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति, नैनकला थापा सञ्चार सूचना तथा प्रविधि, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, नारद मुनी राना वन तथा वातावरण, गणेशकुमार पहाडी सङ्घीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र आशाकुमारी विक राज्यमन्त्री वन तथा वातावरण रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस