२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप फुटबल छनोट : जोर्डनसँग नेपाल ३-० ले पराजित

अ+ अ-

काठमाडौँ । विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ ।

कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको हो ।

जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे । फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए । उनले पहिलो गोल पेनाल्टीमार्फत र दोस्रो गोल फ्रिकिकमार्फत गरे । जोर्डनका लागि तेस्रो गोल यजान अल अरबले गरे । यजानको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । खेलमा जोर्डनले सुरुदेखि नै नेपाललाई दबाबमा राखेको थियो । जोर्डनले गोलका लागि कयौं अवसर प्राप्त गरे पनि नेपाली रक्षापंक्ति र गोलकिपर किरण चेम्जोङले विफल तुल्याइदिएका थिए ।

नेपालले मध्यान्तरपछिको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्ने आकर्षक अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेन । नेपालका नवयुग श्रेष्ठ ‘वान भर्सेस वान’ को अवस्थामा गोल गर्न चुकेका हुन् । समूह ‘बी’ मा रहेको नेपालले ७ खेलबाट दुई जितका साथ ६ अंक हासिल गरेको छ ।

यसअघि चाइनिज ताइपेईलाई २-० ले पराजित गर्दै आत्मविश्वासी रहेको नेपालले जोर्डन विरुद्ध भने गोल गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस