३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनार्दन शर्माले भने-‘नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति गरौँ’ 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले नीति तथा कार्यक्रममा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् ।

प्रतिनिधि सभामा आजबाट सुरु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शर्माले एउटा पक्षले मात्र ल्याउने कार्यक्रमले देशका समग्र समस्या समाधान हुन नसक्ने बताएका हुन् ।

‘परिणामविहीन विगतकै नीतिको निरन्तरताले देशलाई परिवर्तन गर्न सक्दैन । ७० वर्षदेखि एक अंकको आर्थिक वृद्धिमा घिस्रिँदै आएको अर्थतन्त्रलाई दोहोरो अंकमा पुर्‍याउन निकै ठूलो सुधारको आवश्यकता देखिन्छ । टालेटुले कुराले अब देश चल्दैन, पार्टीहरू चल्दैनन् । चौतर्फी सुधार आजको आवश्यकता छ,’ उनले भने, ‘त्यसैले नीति कार्यक्रममा एउटा नेताको सोचले मात्र सबैलाई समेट्न सक्ने अवस्था रहेन । सबै पक्षसँगको छलफल र बहसबाट राष्ट्रिय सहमति कायम गरौँ र नीति तथा कार्यक्रम बनाऔँ ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रम झन् पछाडि धकेल्ने गरी आएको बताएका शर्माले आर्थिक विकासमा सत्ता र प्रतिपक्ष नभनी राष्ट्रिय सहमतिको आधारमा नीति तथा कार्यक्रमलाई संशोधन गर्नुपर्ने धारणा राखे ।

उनले शिक्षा, स्वास्थ्य, भूमिसुधार, रोजगार सिर्जना जस्ता विषयमा नीति तथा कार्यक्रम चुकेको चर्चा गरे । नीति तथा कार्यक्रममा पुरानै कुराहरूको रटान, असफल र फेल भइसकेका कार्यक्रमहरू दोहोरिएको उनको भनाइ थियो ।

सांसद शर्माले संघीयताको कार्यान्वयनमा सरकारको नीति तथा कार्यक्रम प्रतिबद्ध नदेखिएको पनि बताए । यस्तै, स्थानीय तहलाई सेवा प्रवाहको प्रतिस्पर्धामा ल्याउने सोच पनि सरकारमा नदेखिएको चर्चा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस