काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले काँग्रेस-एमालेबीचको सात बुँदे सहमतिमा टेकेर नै सरकारको नीति तथा कार्यक्रम आएको प्रष्टीकरण दिएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले काँग्रेससमेतको सहभागितामा नीति तथा कार्यक्रम आएको बताए ।
उनले नीति तथा कार्यक्रमलाई लागू गर्न पर्याप्त आर्थिक स्रोत नभएकाले कार्यान्वयनमा चुनौती रहेको स्वीकारे । सरकारको नीति तथा कार्यक्रममा काँग्रेसका कसैको पनि ठूलो असन्तुष्टि नरहेको उनको भनाइ छ ।
उनले आगामी बजेट नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने गरी आउनुपर्नेमा जोड दिए ।