२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुपाल्चोकका दुईवटा पालिकाहरु खोप खरीद गर्ने तयारीमा

अ+ अ-

चौतारा । जनताको स्वास्थ्य नै सर्वोपरी भन्ने मान्यता राख्दै सिन्धुपाल्चोकका दुईवटा पालिकाले ६० हजार डोज खोप खरीद गर्ने तयारी गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि चौतारा साँगाचोकगढी नगरपालिकाले ३० हजार र हेलम्बु गाउँपालिकाले ३० हजार डोज खोप खरीद गर्ने तयारी गरेका हुन् ।

सङ्घीय सरकारलाई खोप उपलब्ध गराउन अनुरोध गरेको बताउँदै नगरपालिकाका प्रमुख अमानसिंह तामाङले भने, ‘यदि सरकारले उपलब्ध गराउन नसके खरीदको लागि अनुमति मागेको हुँदा स्वीकृति पाउना साथ खरीद प्रक्रिया अगाडि बढाइनेछ ।’ अहिलेको अवस्थामा स्वास्थ्य नै ठूलो कुरा भएकाले आफू जनता बचाउने अभियानमा लागेको प्रमुख तामाङले बताए ।

नगरपालिकाभित्र सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएपछि नगरपालिकाको बैठकले खोप खरीद गर्ने निर्णय गरेको उनले बताए । कोरोनाको दोस्रो लहरबाट प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित दर्जन कर्मचारीहरु पीडित बनिसकेका छन् ।

त्यसैगरी हेलम्बु गाउँपालिकाले केन्द्रीय सरकारसँग खोपको माग गरेको र उपलब्ध गराउन नसके पालिकाले खरीद गर्न अनुमतिको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

उनी पनि कोरना सङ्क्रमणबाट पीडित भइसकेका छन् भने पालिकाभित्र सङ्क्रमितको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस