सरकारी कार्यालय एक तिहाइ र वित्तीय संस्था एक चौथाइ कर्मचारीबाट सञ्चालन गरिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारी कार्यालय एक तिहाइ र वित्तीय संस्था एक चौथाइ कर्मचारीबाट सञ्चालन गरिने


१७ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । सरकारी कार्यालयहरू एक तिहाइ र वित्तीय संस्थाहरू एक चौथाइ कर्मचारीबाट सञ्चालन गरिने भएका छन् ।

उच्चस्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)को शुक्रवार बसेको बैठकले निषेधाज्ञालाई कडाइका साथ लागू गर्ने निर्णयसहित सरकारी कार्यालयहरू एक चौथाइ र वित्तीय संस्थाहरूमा एक चौथाइ कर्मचारी उपस्थित हुने गरी मात्र सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

बैठकले सङ्घीय मन्त्रीहरूलाई प्रदेशसँग समन्वय गर्न पनि सिफारिस गरेको छ ।

उद्योगहरूले मजदुर कर्मचारीलाई उद्योग परिसरमै राख्नुपर्ने निर्णय गरेको छ भने सार्वजनिक निर्माण कार्यहरू पनि रोक्न भनेको एक सदस्यले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस