मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे निर्णय लिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे निर्णय लिने


१३ बैशाख २०७८, सोमबार


काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपराह्न पाँच बजे बैठक बाेलाइएकाे हाे ।

आजको बैठक कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा बैठक केन्द्रित हुने स्रोतको भनाइ छ ।

आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो ।

यस्तै पहाडमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय सङ्क्रमित भएमा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको हो ।

कोभिड–१९ सङ्क्रमणको चेन ब्रेक गर्न सरकारले आवश्यक निर्णय र निर्देशन जारी गर्न सक्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस